अन्तराष्ट्रिय

पाकिस्तानमा शक्तिशाली बम विस्फोटः ४० जनाको मृत्यु, १२३ घाइते

By admin

July 30, 2023

झापा (एजेन्सी) । पाकिस्तानको उत्तरपश्चिम क्षेत्र बाजुर जिल्लास्थित कट्टरपन्थी राजनीतिक तथा मुस्लिम नेताका समर्थकहरूको प्रदर्शनमा शक्तिशाली बम विस्फोट हुँदा ४० जनाको मृत्यु भएको छ । साथै, १२३ जना घाइते भएका छन् । उनीहरूकाे उपचार भइरहेकाे छ ।

 

अफगानिस्तानसँग सीमा जोडिएको बाजुर जिल्लामा आइतबार यस्तो घटना भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जमियत उलेमा इस्लाम-फजल (जेयूआईएफ) का कार्यकर्ताहरूको र्‍यालीको क्रममा विस्फोट भएको हो ।

 

प्रान्तीय गभर्नर हाजी गुलाम अलीले मृतकको संख्याको पुष्टि गरेका हुन्। खैबर पख्तुनख्वा प्रान्तका स्वास्थ्यमन्त्री रियाज अनवरले पनि ४० जनाको मात्र मृत्यु भएको जनाएका छन्।

 

विस्फोटमा मौलाना जमियत उलेमा इस्लाम(फजलका एक प्रभावशाली नेता मौलाना जिउल्लाह जानको मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यम डनन्युजले जनाएको छ ।

 

विस्फोटमा घाइते भएकाहरूलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको छ । साथै, घटनास्थलमा अहिले प्रहरीले कर्फ्यू लगाउनुका साथै सुरक्षा व्यवस्था कडा पारेको छ ।