अन्तराष्ट्रिय

इजरायलमा सावित्राको डेब्युमै गोल

By admin

August 19, 2023

झापा (एजेन्सी) । युरोपेली फुटबलमा पाइला टेकेकी नेपाली स्टार सावित्रा भण्डारीले आफ्नो पहिलो खेलमै गोल गरेकी छन् । इजरायलमा हापोएल रानाना एफसीबाट पहिलो खेल खेलेकी सावित्राले गोल गर्दै अथेना कपमा हादेरापविरुद्ध टोलीलाई २-० को जित दिलाइन् ।

 

सावित्राकै पासमा दोस्रो हाफमा अडी गुल्डेनले रानानाको खाता खोलेकी थिइन् । सावित्राले मध्यभागबाट दिएको पासमा गुल्डेनले गोल गरेकी थिइन् । खेल समाप्तिको क्रममा सावित्राले मध्यभाग अगाडि काउन्टर एट्याक बलमा लगेर हादेराकी गोलरक्षकलाई काट्दै गोल गरेकी हुन् ।

 

नेपाली महिला राष्ट्रिय टोलीबाट ४५ खेलमा ४४ गोल गरिसकेकी सावित्राले पछिल्लो तीन सिजनमा भारतको आईडब्लूएलमा सेथु एफसीलाई एक र गोकुलम केरला एफसीलाई दुई उपाधि जिताएर रनानाबाट खेल्न इजरायल पुगेकी हुन् ।