राजनीति

अर्जुनधाराका पत्रकार दिपिन राई प्रेस सेन्टरमा प्रवेश

By admin

September 02, 2023

बिर्तामोड । झापाका अग्रज पत्रकार दिपिन राई (दीपेन्द्र) प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । लामो समयदेखि झापाली पत्रकारितामा सक्रिय अर्जुनधाराका राई हाल यलम्बर टाइम्सका सम्पादक प्रकाशक हुन् ।

 

तीन दशकदेखि सक्रिय पत्रकारिता गरिरहेका दिपिन शुक्रबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रको राजनीतिक यात्रामा प्रवेश गरेका हुन् ।

 

उनलाई माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पूर्वअर्थमन्त्री इन्द्र आङ्बो मौसम, पूर्वमन्त्री शिवकुमार मण्डल केवट, पार्टीका केन्द्रीय नेता सावित्रीकुमार काफ्ले समर, पार्टीका झापा जिल्ला इन्चार्ज एवम् प्रदेश सांसद राजेन्द्र कार्की, पार्टीका केन्द्रीय सदस्य हरि राना, पार्टीका जिल्ला अध्यक्ष राजु आचार्य अग्नि, प्रेस सेन्टरका केन्द्रीय सदस्य लीलाराज झापाली, प्रेस सेन्टरका प्रदेश सदस्य डिकेश लामा, जिल्ला अध्यक्ष राजु पाठक लगायतले राईलाई स्वागत गरे ।

 

दिपिनले आफू लामो समयदेखि माओवादी र तल्लो वर्गका भुईँ मान्छेहरूको पक्षमा कलम चलाइरहेको भन्दै आफूलाई समाचार लेखेकै भरमा नेपाली सेनाले ब्यारेकमा लगेर बंकरमा पुरेको स्मरण गरे। पत्रकार दिपिनले यसबारेमा बंकर नामक पुस्तकसमेत प्रकाशन गरेका छन् ।

 

राईलाई केन्द्रीय कमिटीमा विशेष जिम्मेवारीमा लैजाने समेत तयारी गरिएको कार्यक्रममा जनाइएको छ ।