सूचना प्रविधि

मौसमः आज पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

By admin

September 22, 2023

झापा । आज कोशी, मधेस र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

 

मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी र गण्डकी प्रदेशका एक, दुई ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए ।

 

यस्तै, राति कोशी र मधेस प्रदेशका थोरै ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । यस्तै, सुदूरपश्चिम बाहेकका केही ठाउँमा आज हल्कादेखि मध्यम वर्षाको अनुमान रहेको छ । भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण यी क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।