अन्तराष्ट्रिय

अफगानिस्तानमा शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

By admin

October 08, 2023

एजेन्सी । अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ। हेरात प्रान्तमा शनिबार राति गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या २ हजार नाघको सरकारी अधिकारीहरुले जनाएका छन्।

 

अफगानिस्तानको राजधानी हेरातबाट ३० किमी उत्तरपश्चिममा गएराति ६ दशमलव ३ म्याग्निच्यूडको भूकम्प गएको थियो। ‘दुर्भाग्यवश, हताहत हुनेको संख्या व्यावहारिकरूपमा धेरै देखिएको छ’, सरकारका उपप्रवक्ता बिलाल करिमीले भनेका छन्।

 

भूकम्पपछि भत्किाएका संरचनाको भग्नावशेषमा फसेकाहरुको उद्धारको प्रयास भइरहेको अधिकारीहरुको भनाइ छ। भूकम्पबाट मृत्यु हुनेको संख्या अझ बढ्ने अनुमान सरकारी अधिकारीहरुले गरेका छन्। भूकम्पको केन्द्रविन्दु नजिकै पर्ने गाउँका सयौँ घर भत्किएका छन्।

 

विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार हेरात प्रान्तका कम्तीमा १२ गाउँका ६ सयभन्दा बढी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। सन् २०२१ मा तालिवान सत्तामा फर्किएपछि व्यापकरूपमा विदेशी सहायता फिर्ता भएसँगै अफगानिस्तान पहिलेदेखि नै गम्भीर मानवीय सङ्कटको चपेटामा परेको छ।

 

करिब १९ लाख जनसंख्या रहेको हेरात प्रान्तमा इरानसँगको सीमामा पर्छ। हेरातमा वर्षौं लामो खडेरीले धेरै कृषकलाई आर्थिक तथा मनोवैज्ञानिक रूपमा कमजोर बनाएको छ।