राजनीति

संसदीय दलको नेताबाट उद्धव थापाकाे राजीनामा

By admin

October 14, 2023

मोरङ । कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । उनी पार्टीका प्रदेश सभापति समेत हुन् । पदबाट राजीनामा दिँदै उनले आफूले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएका छन् ।

 

पार्टी र प्रदेशसभा संसदीय दलको निर्णयविपरीत पार्टीले विद्रोह गरेर उम्मेदवार बनेका सांसद केदार कार्कीलाई मुख्यमन्त्री मान्न तयार भएपछि थापाले आफूले नैतिकताका हिसाबले पदबाट राजीनामा दिएका हुन् ।

 

थापा आफैं मुख्यमन्त्रीको दाबेदार थिए । मुख्यमन्त्रीका लागि दुई पटकसम्म विश्वासको मत लिन प्रयास गर्दा पनि नपाएका थापाले यसअघि भने संसदीय दलको नेता समेत छोड्न तयार भएका थिएनन् ।