कला

अर्जुनधारामा ‘लाउ माया सुटुक्कै’ सार्वजनिक (भिडिओसहित)

By admin

October 16, 2023

शनिश्चरे । झापाको अर्जुनधारामा ‘लाउ माया सुटुक्कै’ बोलको लोकदोहोरी गीतको म्युजिक भिडिओ आइतबार सार्वजनिक गरिएको छ । एमपी डिजिटल एण्ड एएन प्रोडक्सनको प्रस्तुति रहेको उक्त म्युजिक भिडिओ यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।

 

दशैँलाई मध्यनजर गर्दै अर्जुनधारा नगरपालिकाको सभाहलमा सार्वजनिक गरिएको उक्त म्यूजिक भिडिओमा गायक विन्दु परियार र भूपाल परियारको स्वर रहेको छ भने पदम गुरुङ र सुन्दर खनालको शब्द रहेको छ ।

 

अर्जुनधारा नगरक्षेत्रको सेरोफेरोमा छायांकन गरिएको म्युजिक भिडिओमा कलाकारहरु अतित निरौला, जेसिका पोख्रेल, एलिना थपलिया, विराज बाँस्कोटालगायतको अभिनय रहेको छ । यस्तै, नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनको पनि छोटो अभिनय रहेको छ ।

 

प्रोडक्सनका संस्थापक सुजन शिवाकोटीको अध्यक्षता र गोम्देनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाम, पर्यटकीय क्षेत्र सुखानी सहिद स्मृति उद्यान पार्कलगायतका स्थानमा छायांकन गरिएको जानकारी दिइयो ।

 

प्रोडक्सन संस्थापक सिवाकोटीले अर्जुनधारा नगरको सुन्दरतालाई उजागर गर्न र नगरलाई कला र साहित्यसँग जोड्नका लागि अर्जुनधाराबाटै भिडिओ सार्वजनिक गरिएको बताए ।

 

सोही कार्यक्रममा पहिलोपल्ट कोरस सम्मान पनि गरिएको छ । जसमा रिचन थापा, प्रिन्स मगर, आक्रोश श्रेष्ठ, विनय खनाल, प्रतिक्षा बुढाथोकी, विविसा कार्की, दिया लिम्बू, एलिजा सुवेदी, पवित्रा राई र आशिका तिम्सिना रहेका छन् । राग स्टुडियोमा रेकर्डिङ गरिएको भिडिओ निर्देशकद्वय राज शेर्मा र लेखराज तामाङले निर्देशन गरेका हुन् ।

 

मिस्टर टम्सको निर्माण तथा किरण राई र विक्रम डिसीले छायांकन गरेको भिडिओ ९ मिनेटको रहेको छ । युवाहरुलाई विदेशमा मात्र नभई स्वदेशमा पनि केही प्रयास गर्नका लागि प्रेरित गर्न खोजिएको निर्देशक शेर्माले जानकारी दिए ।

 

कार्यक्रममा कलाकारका अभिभावकहरु खडानन्द बाँस्कोटा र राधिका बाँस्कोटा तथा हरिप्रसाद थपलिया र चन्द्रकला थपलियालाई सम्मान गरिएको थियो । कलाकार थपलियाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दीपक ढुंगानाले गरेका थिए ।