स्वास्थ्य

अर्जुनधारा ८ मा महिला लक्षित निःशुल्क स्वास्थ्य शिविर

By admin

March 03, 2024

शनिश्चरे । अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा प्रजनन स्वास्थ्य रूग्णतासम्बन्धी निःशुल्क स्क्रिनिङ्ग शिविर शनिबार सम्पन्न भएको छ ।

 

अर्जुनधारा ८ नम्बर वडा कार्यालयको भवनमा आयोजित कार्यक्रममा वरिष्ठ स्री तथा प्रसुति रोग विशेषज्ञ डा एकराज गौतमको नेतृत्वमा १२५ जना महिलाहरूले सेवा लिएका थिए। कार्यक्रममा नगर प्रमुख बलदेव सिंह गोम्देन, उप प्रमुख खड्गमाया पराजुली, ८ नम्बर वडाध्यक्ष कुमारप्रसाद उप्रेती, सदस्यहरू मनोज थापा रैका मगर, सरू बुढाथोकी, सुजता रसाईली लगायतको उपस्थिति रहेको थियो ।

 

भिडियो एक्स रे सेवासहित महिलाहरूको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग, स्तन क्यान्सर, अव्जेक्टिभ फिस्टुला, आङ्ग खस्ने समस्या तथा बाँझोपनजस्ता समस्याको परीक्षण गरि प्रारम्भिक व्यवस्थापन गर्ने कार्य भएको अस्पताल नर्सिङ्ग निरीक्षक मन्जु खतिवडाले बताइन्।

 

यसअघि यहि प्रकारको शिविर ३ नम्बर वडामा सम्पन्न भइसकेको र अन्य वडामा पनि सञ्चालन गर्ने योजना रहेको स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाले बताए ।