राजनीति

अर्जुनधारामा नेकपा (एस)को निःशूल्क स्वास्थ्य शिविर

By admin

March 16, 2024

शनिश्चरे । झापाको अर्जुनधारामा नेकपा एकीकृत समाजवादी (एस) नगर समितिले एकदिने निःशूल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

 

अर्जुनधारा ११ स्थित जुनतारा सार्वजनिक विद्यालयमा शनिबार स्वास्थ्य शिविर सञ्चालन भएको थियो । ओम साई पाथिभरा हस्पिटल भद्रपुरको सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

 

स्थानीय विपन्न वर्ग, सकुम्बासी र चिय मजदुर लक्षित शिविरमा २०५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । उनीहरुलाई निःशूल्क औषधिसमेत वितरण गरिएको नेकपा (एस) अर्जुनधारा नगर कमिटीका अध्यक्ष अर्जुन मेचेले जानकारी दिए ।

 

स्वास्थ्य शिविरमा हस्पिटकलका बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. जयकुमार ठाकुर, बालरोग विशेषज्ञ डा. मनोज चौधरी र जनेरल फिजिसियन डा. सतिश रोयसहित ६ जना चिकित्सकको टोली सहभागी थिए ।

 

नेकपा (एस)का केन्द्रीय सदस्य निलमणि बरालको प्रमुख आतिथ्य तथा सालबारी मिलडाँडा युवा परिवार, उमा महेश्वर शिवालय मन्दिर र जुनकिरी सार्वजनिक विद्यालयको सहयोगमा सम्पन्न स्वास्थ्य शिविरको औपचारिक कार्यक्रम युवा परिवारका सचिव महेन्द्र सुवेदीले सञ्चालन गरेका थिए ।

 

शिविरमा प्रदेश कमिटी सदस्य रमा खवास, नेकपा एसका झापा जिल्ला उपाध्यक्ष प्रत्युष आजाद रानामगर, जिल्ला सदस्य तथा नगर इन्चार्ज प्रेमसागर सापकोटा, युवा नेता बासु दुलाल, वडा कमिटी अध्यक्ष कमल श्रेष्ठ, उपाध्यक्ष गुमानसिंह राईलगायतको उपस्थिति रहेको थियो ।