सूचना प्रविधि

मौसमः हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना

By admin

June 05, 2024

झापा । आज पनि देशका केही ठाउँमा हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँहरुमा तथा मधेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

यस्तै कोशी, मधेश, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ । राति पनि कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरु तथा बाँकी भू-भागका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

नेपालमा अहिले स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्ग्लादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।