अन्तराष्ट्रिय

पेट्रोलको मूल्य ३ रुपैयाँ घट्यो

By admin

June 15, 2024

झापा । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले मूल्य घटाएकाे हाे ।

 

बैठकले इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिदमूल्य प्राप्त भएअनुसार पेट्रोल लिटरमा ३ रुपैयाँ र डिजेल, मट्टितेलमा १-१ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

 

 

मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ६५ र डिजेल, मट्टितेलको १ सय ५२ पर्नेछ ।

 

यसअघि पेट्रोलको १ सय ६८ र डिजेल, मट्टितेलको भाउ १ सय ५३ रुपैयाँ थियो । नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले विज्ञप्तिमार्फत जनाएको छ ।