अन्तराष्ट्रिय

बिर्तामोड युनाइटेडका तीन खेलाडीले भुटानको महिला लिग खेल्ने

By admin

August 15, 2024

झापा । मोफसलको फुटबलमा सक्रिय झापाली क्लब बिर्तामोड युनाइटेड एफसी महिला टिमका तीन खेलाडीहरुले भुटानको शीर्ष महिला लिग खेल्ने भएका छन् ।

 

बिर्तामोड युनाइटेडबाट स्थानीय फुटबल, कोशी प्रदेशस्तरीय फुटबल हुँदै नेपालको राष्ट्रिय युथ टोलीबाट खेलिसकेका तीन खेलाडीहरु खुश्मा राई, जेनिफर राना र सुशिलाकुमारी चौधरीले भुटानको राष्ट्रिय महिला लिग खेल्ने भएका हुन् ।

 

यी तीनै खेलाडीहरुलाई ट्रान्सपोर्ट युनाइटेड फुटबल क्लबले जारी सिजनका लागि अनुवन्ध गरेको हो । हाल दुई खेल खेलिसकेको ट्रान्सपोर्ट युनाइटेड एक जित र एक बराबरीसहित ४ अंकका साथ लिग तालिकाको तेस्रो स्थानमा छ ।

 

सोही अवसरमा एक कार्यक्रमका बीच तीन खेलाडीहरुलाई विदाईसमेत गरिएको छ । सो अवसरमा बिर्तामोड युनाइटेडका अध्यक्ष भुपेन लिम्बु, बिर्तामोड युनाइटेडकै पूर्वअध्यक्ष नरेन लिम्बु, क्लबका महासचिव सन्तोष राई तथा झापा जिल्ला फुटबल संघका महासचिव सुन्दर बस्नेतलगायतले बधाई र शुभकामना दिंदै विदाई गरेका थिए ।