खेलकुद

एन्फा रेफ्री सुमन खापुङको आज मुटुको अप्रेशन हुँदै

By admin

August 29, 2024

झापा । तेह्रथुम जिल्लाका एन्फा रेफ्री सुमन खापुङको गंगालाल हस्पिटल काठमान्डौमा आज (भदौ १३ गते) मुटुको अप्रेशन हुँदैछ ।

 

उनको बिहान ७ः३० देखि अप्रेशन शुरू हुने जानकारी प्राप्त भएको छ । मुटुको एउटा भल्ब लिक भएकोले भल्ब नै परिवर्तन गरी ओपन हर्ट शल्यक्रिया गर्नुपर्ने भएको छ ।

 

गत वैसाख ११ गते मुटुको समस्याका कारण अचानक प्रेसर लो भएर खापुङ ढलेका थिए । उनको शरीरको देब्रे भाग पूरै प्यारालाइसिस पनि भएको थियो । उनको तत्कालका लागि वीपी कोइराला प्रज्ञा प्रतिष्ठान धरान (घोपा)मा उपचार गरिएको थियो ।

 

चिकित्सकको सल्लाह र रिपोर्टबमोजिम उनको आज गंगालाल हस्पिटलमा अप्रेशन हुँदैछ । प्यारालाइसिस भएपछि उनी आफैँ हिँडडुल गर्नसमेत नसक्ने अवस्थामा थिए । तर, शुरूवाती समयभन्दा पछिल्लो समयमा केही सुधार भएको थियो ।