झापा । अमेरिकाको मेरिल्यान्डमा एक नेपाली युवक मृत भेटिएका छन्। मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान आफ्नै कोठामा मृत फेला भेटिएका हुन्।
गत मंगलबार मृत भेटिएका उनको मृत्युको कारण खुलेको छैन। चितवनको भरतपुरमा गणित शिक्षकसमेत रहेका उनी सन् २०१५ मा अमेरिका पुगेका थिए।
अमेरिकामा रहँदा उनले धेरै अवरोधहरू सामना गरेको तथा केही वर्ष पहिले टेक्सासमा बन्दुकधारीबाट लुटिएका थिए। सन् २०१९ उनी न्यूरोलोजिकल रोगबाट पीडित भएका थिए जसका कारण उनी ६ महिनाभन्दा बढी ओछ्यानमा सीमित रहेका थिए ।
मृतक प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा छन्। यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो।