पथरी । यहाँ जारी प्रथम पथरीशनिश्चरे गोल्डकपमा झापा ११ एफसीले सानदार जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
पथरी ११ एफसीले आयोजना गरेको गोल्डकपमा आइतबार धरान सिटी एफसीविरुद्ध झापा ११ दोस्रो क्वाटरफाइनल ४-० गोलले जित निकालेर अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
झापा ११ का लागि प्रदिप प्रदिप बुढाथोकीले ह्याट्रिक पूरा गरे । उनले खेलको ९, ४१ र ५२औँ मिनेटमा ह्याट्रिक पूरा गरेका हुन् । प्रदिप प्लेयर अफ दी म्याच बने ।
झापाका लागि एक गोल अभिषेक गुरुङको नाममा रह्यो । पारस कार्कीले मिलाइदिएको पासमा अभिषेकले खेलको अतिरिक्त समयमा गोल गरेर ४-० गोलको फराकिलो अन्तरमा जित दर्ता गराए ।
हिजो भएको उद्घाटन खेलमा आयोजकलाई पाँचथर क्लब २-१ गोलअन्तरमा जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । विजेताले नगद ३ लाख र आकर्षक ट्रफी पाउने छ ।