लक्ष्मीपुर । झापाको अर्जुनधारा ५ मा रहेको नमुना कीर्तन मण्डलीले सञ्चालन गरेको पञ्चमुखी शिव पाञ्चायन मन्दिरले स्थानीय दुई जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

 

सम्मानित हुनेहरुमा कमला दाहाल र रघुनाथ दाहाल रहेका छन् । उनीहरुलाई अर्जुनधारा ५ का वडाध्यक्ष गीताराज खड्काले सम्मानपत्र प्रदान गरे । संस्थाले शनिबार भएको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

 

यसैबीच, अधिवेशनले पुनः इन्दिरा भट्टराईको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति गठन गरेको छ । जसको उपाध्यक्षमा कमलप्रसाद चौँलागाई, सचिवमा मुक्तिनाथ गजुरेल, सहसचिवमा हेमन्त रिजाल र कोषाध्यक्षमा नेत्रकला खतिवडा चयन भएका छन् ।

 

यसैगरी, चेतन लम्साल, विनोद दाहाल, लीला खतिवडा र प्रमिला दाहाल समितिको सदस्यमा चयन भएको निर्वाचन समितिका संयोजक मुक्तिनाथ गजुरेलले जानकारी दएका छन् । कार्यक्रममा देवभूमि विद्यापीठका संस्थापक सुमन शर्मा जम्मरकट्टेल, अर्जुनधारा जेसीजका अध्यक्ष बसन्त बुढाथाेकीलगायतकाे उपस्थिति रहेकाे थियाे ।