समाज

ब्राउन सुगरसहित इलामका दिपेन्द्र मगर पक्राउ

By admin

October 10, 2024

xझापा । लागूऔषध ब्राउन सुगरसहित इलाम नगरपालिका वडा नम्बर ९ बस्ने ३२ वर्षीय दिपेन्द्र राना मगर पक्राउ परेका छन् ।

 

हिजो साँझ ५ः४५ बजे लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ स्थित पुरानो मेची पुलहुँदै भारतबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका मगरलाई पक्राउ गरेको हो ।

 

उनलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित ५ ग्राम २८० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।