झापा । काभा यू-२० मेन्स भलिबल च्याम्पियनसिपको फाइनलमा नेपालले हार ब्यहोरेको छ । श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनलमा उज्वेकिस्तानसँग पराजित भएपछि नेपाल उपाधिबाट बिमुख भएको छ ।

 

फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३-१ को सेटमा पराजित बन्यो । पहिलो सेटमा २७-२५ को शानदार जित निकालेको नेपालले लगातार तीन सेट गुमाउन पुग्यो । दोस्रो सेट २५-१०, तेस्रो सेट २५-१६ र चौथों सेटमा नेपाल २५-२० ले पराजित बन्यो ।

 

समूह चरणको अन्तिम खेलमा शुक्रबार नेपालले तुर्कमेनिस्तानलाई हराएको थियो । नेपालले समूह चरणमा श्रीलंका, तुर्केमिनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग हार ब्यहोरेको थियो ।

 

श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको प्रतियोगितामा आयोजकसहित तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र नेपाल सहभागी थिए ।