शिक्षा

झापाका शिक्षासेवी तथा साहित्यकार सरोज ओलीको निधन

By admin

November 01, 2024

शनिश्चरे । झापाका पुराना शिक्षासेवी तथा साहित्यकार सरोज ओलीको निधन भएको छ । उनकाे आज दिउँसो ३ः५७ बजे अर्जुनधारा ८ स्थित निजी निवासमा निधन भएको हो ।

 

विसं. १९९८ सालमा आठराराईको होडास्थित गैरीघरमा जन्मिएका ओलीले झापाको दोस्रो पुरानाे हाइस्कुल शनिश्चरे माध्यमिक विद्यालयमा २०२९ सालदेखि ३३ वर्षसम्म शिक्षा सेवा गरेका थिए ।

 

सेवा निवृत्त भएपछि पनि शनिश्चरे माविको व्यवस्थापन समितिको अध्यक्ष भएर सेवा दिएका थिए भने शनिश्चरे बहुमुखी क्याम्पसको उनी संस्थापक अध्यक्ष हुन् । उनले क्याम्पसमा ३ कार्यकाल सेवा प्रदान गरेका थिए ।

 

नेपाली साहित्य क्षेत्रमा पनि उनको अतुलनीय योगदान गरेको थियो । उनका १६ वटा कृति प्रकाशित भएका छन् । निबन्ध संग्रह, कविता संग्रह, उपन्यास र कथा संग्रह प्रकाशित छन् ।

 

सुगर र प्रेसरबाट ग्रसित उनलाई पछिल्लोपटक निमोनिया भएको थियो । १७ दिनसम्म बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार गरिएको परिवारजनले न्यूज सञ्जाललाई जानकारी दिए ।

 

२०२२ सालमा झापा झरेका ओलीका २ जना छोरा निरज र शार्दूल तथा एक छोरी सुम्निमा रहेका छन् । जेठा छोरा निरजका अनुसार भोलि (शनिबार) ११ बजे कनकाई घाटमा दाहसंस्कार गरिने भएको छ ।