समाज

वराहक्षेत्रबाट नौ लाख नगदसहित १५ जना जुवाडे पक्राउ

By admin

November 03, 2024

धरान । सुनसरीको वराहक्षेत्र ३ स्थित नडाहबाट जुवा खेलिरहेका १५ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा आइतबार बिहान जुवाडेहरुलाई पक्राउ गरेको हो ।

 

जिल्ला प्रहरी कार्यलय सुनसरीका अनुसार प्रहरीले जुवाडेहरुको साथबाट नौ लाख ६८ हजार नगदसमेत बरामद गरेको छ । प्रहरी अधिकृतको टोलीले जुवाडेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

 

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यलय पकलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेकालाई इलाका प्रहरी कार्यलय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यसैगरी, सुनसरीकै इनरुवा ६ मा जुवातास खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । शनिबार पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले करिब तीन लाख रुपियाँ बरामद गरेको छ ।