समाज

चुलाचुलीका राजेन्द्र राई दमकमा ब्राउन सुगरसहित पक्राउ

By admin

November 05, 2024

झापा । झापाको दमकमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् । आज बिहान ११ बजे दमकको पूर्व बसपार्कमा इलाम चुलाचुली ५ का ४२ वर्षीय राजेन्द्र राई पक्राउ परेका हुन् ।

 

उनलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । शंकास्पद अवस्थामा हिडिरहेका राईलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित ४ ग्राम ३४ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।