समाज

अर्जुनधारा ४ मा आगलागी, सात लाखको क्षति

By admin

February 24, 2025

शनिश्चरे । झापाको अर्जुनधारा ४ मा सोमबार बिहानै एक घरमा आगलागी हुँदा सात लाखबराबरको क्षति भएको छ ।

 

अर्जुनधारा ४ रातेखालस्थित स्थानीय लिलाबहादुर कटुवालको काठको भान्सा घरमा आगलागी भएको हो । परिवारका अनुसार ग्यास सिलिण्डर पड्केर आगलागी भएको बताइएको छ ।

 

अन्दाजी बिहान ६ः१५ बजे आगलागी भएपछि स्थानीयसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो । समयमै आगो नियन्त्रणमा लिइएकाले थप क्षति हुन पाएन ।

 

 

शनिश्चरे प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक उमेश श्रेष्ठका अनुसार भान्सा घरमा राखिएको धान, चामललगायत जिन्सी सामान पूर्णरुपले जल्दा सात लाखबराबरको क्षति भएको छ ।