
भद्रपुर । झापाको चन्द्रगढी एयरपोटबाट हवाईजहाज चढी काठमाडौँ जान लागेका अवस्थामा प्रहरीले बिहीबार एक जनालाई १५ केजी बोधिचित्त मालासहित पक्राउ गरेको छ ।
काभ्रेपलान्चोक साविक ठुलोपर्साल गाविस वडा नं ८ घर घई हाल जिल्ला काठमाडौँ महानगरपालिका ६ बौध्द बस्ने ५२ वर्षीय सानुबाबु तामाङ बिहीबार साँझ ८ बजे पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार तामाङले बोकी ल्याएको झोला तथा सुटकेश विमानस्थल सुरक्षागार्डमा खटिएका प्रहरी कर्मचारीहरुले चेकजाँच गर्ने क्रममा कागजपत्र, बिल बिनाको बोधिचित्तको ११० थान माला र बोधिचित्तको दाना १५ किलो बरामद गरी आवश्यक कारवाहीको लागि आज शुक्रबार मानिससमेत डिविजन वन कार्यालय झापा पठाइएको छ ।