खेलकुद

अर्जुनधारा ४ टि-२० क्रिकेटको सेमिफाइनलमा

By admin

April 04, 2025

झापा । यहाँ जारी प्रथम वडास्तरीय टि-२० क्रिकेट प्रतियोगितामा अर्जुनधारा वडा नम्बर ४ को टिम सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको दोस्रो क्वार्टर फाइनल खेलमा वडा नम्बर ३ लाई ६४ रनले पराजित गर्दै वडा नम्बर ४ ले सेमिफाइनलमा स्थान बनाएको हो।

 

अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा भएको दोस्रो क्वाटरफाइनल खेलमा वडा नम्बर ४ ले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो। उसले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो।

 

१४० रनको लक्ष्य पछाएको वडा नम्बर ३ ले जवाफी ब्याटिङमा दरिलो प्रदर्शन गर्न नसक्दा हार बेहोर्न पुग्यो। उसले १६ ओभर १ बलमा सबै विकेट गुमाएर ७५ रनमात्रै बनाउन सक्यो ।

 

४ नम्बर वडाका लागि ३२ बलमा ४९ रन प्रहार गरेका अर्जुन डाँगी खेलको प्लेयर अफ दि म्याच घोषित भए। उनले नगद १ हजार पुरस्कार पाए। उनलाई आयोजक अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, सचिव खगेन्द्र लिङ्देनसहितले पुरस्कार प्रदान गरे ।

 

प्रतियोगितामा भोलि वडा नम्बर ८ र वडा नम्बर ९ बीच सेमिफाइनल प्रवेशका लागि खेल हुनेछ। चैत्र २५ गते सम्पन्न हुने प्रतियोगिताको विजेताले नगद ५० हजार तथा उपविजेताले नगद २५ हजारसहित ट्रफी तथा मेडल पुरस्कार पाउनेछ।