समाज

बिर्तामोडका सञ्जय ब्राउन सुगरसहित पक्राउ, दुई जना फरार

By admin

June 06, 2025

झापा । भद्रपुर नगरपालिका ५ स्थित मेचीपुलबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित बिर्तामोडका एकजना युवा पक्राउ परेका छन् । दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड २ का २९ वर्षीय सञ्जय चौधरी पक्राउ परेका हुन् ।

 

उनको साथबाट प्रहरीले प्लाष्टिकसहित ३ ग्राम २२० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो । चौधरीसँगै आएका लोकराज राजवंशी र गणेश राजवंशी भारततर्फ नै फरार रहेको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको र फरार रहेका दुई जना पनि लागूऔषध ब्राउनसुगर ओसारपसारमा संलग्न हुनसक्ने भएकाले निजहरुको समेत खोजतलास भइरहेक‍ो जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।