झापा । सावित्रा भण्डारी साम्बाको कप्तानीमा नेपालले एएफसी महिला एसियन कप छनोटको समूह चरणमा लाओसमाथि गोलवर्षा गरेको छ ।
साम्बाको ह्याट्रिकसहित ४ गोल मद्दतबाट नेपालले एएफसी महिला एसियन कप छनोटको समूह एफमा लाओसमाथि ९-० को फराकिलो जित हात पारेको हो ।
उज्वेकिस्तानको तास्केन्तमा आइतबार भएको समूहको आफ्नो पहिलो खेलमा नेपालले सानदार जितसहित ३ अंक जोडेको छ । नेपालका लागि साम्बाको कप्तानी डेब्यूमा खेलबाट नेपाली महिला टोलीले आफ्नो एक सयौं अन्तर्राष्ट्रिय खेल पनि पूरा गरेको छ ।
नेपालको फराकिलो जितमा यसै खेलबाट कप्तानी डेब्यू गरेकी सावित्राले ४ गोल गरिन् । यस्तै अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी, रश्मी कुमारी घिसिङले १-१ गोल गरे । एक गोल नेपालले उपहार पाएको थियो ।