अन्तराष्ट्रिय

यु-२३ः पूर्णिमाको ह्याट्रिकसँगै भुटानमाथि नेपालको सहज जित

By admin

July 11, 2025

झापा । पूर्णिमा राईको ह्याट्रिकसँगै साबिक उपविजेता नेपालले साफ यु-२० महिला च्याम्पियनसिप सानादर सुरुआत गरेको छ।

 

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा शुक्रबार सम्पन्न पहिलो खेलमा नेपालले प्रतियोगिताकै कमजोर टोली भुटानमाथि ६-१ को फराकिलो जित हात पारेको हो। योसँगै नेपालले ३ अंक जोडेको छ।

 

 

नेपालका लागि पूर्णिमाबाहेक सेनु परियारले २ गोल गरिन्। भूटानकी केल्देन वाङ्गमोले सान्त्वना गोल फर्काइन्। खेलको नवौं मिनेटमै नेपालले सेनुको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। नेपालले पहिलो हाफमा ३-० को अग्रता लिएको थियो।