खेलकुद

दीपावली मेलाः लुङछाता र इवा क्वाटरफाइनलमा

By admin

October 27, 2025

छातेढुङ्गा (तेह्रथुम) । आठराई गाउँपालिका ५ छातेढुंगास्थित पोखरी माविमा जारी ऐतिहासिक दीपावली मेलामा डिफेन्डिङ च्याम्पियन लुङ्छाता छातेढुङ्गा र खेलकुद विकास समिति ईवाले विजयी शुरूवात गरेका छन् ।

 

सोमबार पहिलो खेल डिफेन्डिङ च्याम्पियन लुङ्छाता र खेलकुद विकास समिति चुहानडाँडाबीच हुने भएको थियो तर चुहानडाँडा अनपस्थित भएपछि वाकओभरको आधारमा लुङ्छाता छातेढुङ्गा क्वाटरफाइनलमा प्रवेश गरेको हो।

 

दोस्रो खेलमा ईवाले होडा नागेश्वरी छातेढुङ्गालाई ३-१ गोलअन्तरमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । जसमा निसाम कन्दङ्वा, लक्सम राज सुशिल गुरुङले गोल गरे भने होडाका लागि सुरेन्द्र राईले सान्त्वना गोल फर्काएका हुन् । मंगलबार पहिलो चरणका पाँच खेल हुनेछन् ।

 

खुल्ला पुरुष फुटबलतर्फको विजेताले नगद एक लाख पचहत्तर हजारसहित तीन वर्षे रनिङ कप र उपविजेताले नगद एक लाख पच्चिस हजारमा चित्त बुझाउनु पर्नेछ । पुरुषतर्फ १८ वटा टोली सहभागी छन् ।

 

यसैगरी, महिला फुटबलतर्फ विजेताले नगद ८० हजारसहित ट्रफी प्राप्त गर्दा उपविजेताले नगद ५० हजारमा चित्त बुझाउनु पर्नेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक १५ गते हुनेछ ।