शनिश्चरे । झापाको अर्जुनधारा ९ स्थित खरबन्दीमा जारी मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरिय भेट्रान फुटबलमा आज २ र ८ नम्बर वडा विजयी भएका छन् ।

 

शनिबार सम्पन्न भएको पहिलो खेलमा अर्जुनधारा १० लाई २-१ गोलअन्तरले पराजित गर्दै अर्जुनधारा २ सेमिफाइनलमा प्रवेश गरेको हो । अर्जुनधारा २ को जितका लागि कुमार सापकोटा र सुवास समाल मगरले गोल गरेका हुन् । अर्जुनधारा १० का लागि सन्तोष बस्नेतको सान्त्वना गोल रह्योे ।

 

विजेता टिमका कुमार सापकोटा उत्कृष्ट खेलाडी भएका थिए । उनलाई झापा जिल्ला फुटबल संघका सदस्य टेकराज तिलिङलगायतले नगद पुरस्कार १५ सयबाट पुरस्कृत गरे ।

 

यसैगरी सोही दिन सम्पन्न दोस्रो खेलमा अर्जुनधारा ६ लाई टाइब्रेकरमा २-० गोलअन्तरले पराजित गर्दै अर्जुनधारा ८ सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि टाइब्रेकरबाट निर्णय लिइएको हो । विजेता टिमका दिनेश हेमरम उत्कृष्ट खेलाडी घोषित भए ।

 

उनलाई अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”लगायतले नगद पुरस्कार १५ सयबाट पुरस्कृत गरे ।

 

भोलि (आइतबार)को खेल दिँउसो ३ बजे अर्जुनधारा १ र अर्जुनधारा ३ बीच हुने आयोजक क्लबका उपाध्यक्ष पूर्ण राजवंशीले जानकारी दिएका छन् ।