अन्तराष्ट्रिय

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

By admin

January 31, 2026

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा छ ।

 

हिजो अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४४ पैसा थियो भने अस्ति बिहीबार एक अमेरिकी डलरको खरिदर १४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा थियो ।

 

केही दिनयता अमेरिकी डलरको भाउ निरन्तर बढेको हो । डलरको भाउ उच्च हुँदा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् । तर, डलरको भाउ बढ्दा सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयात बापतको भुक्तानीमा हुन्छ ।

 

आज क्यानेडियन डलर, कुबेती दिनार र बहराइन दिनारको पनि खरिददर बढेको छ । राष्ट्र बैंकका अनुसार आज क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९५ पैसा छ । स्विस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८७ पैसा छ । आज युरो एकको खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा छ ।

 

यस्तै आज पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा छ । आज अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा छ । त्यस्तै जापानी येन १० को खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा छ । यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।