शनिश्चरे । झापाको अर्जुनधारा ९ स्थित सिर्जना शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयको ३४औं वार्षिकोत्सव विविध कार्यक्रमसहित शनिबार सम्पन्न भएको छ ।
विद्यालयका संस्थापक एवम् प्रधानाध्यापक विशाल बुढाथोकीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले उद्घाटन गरेका थिए ।
शिक्षक प्रमिला तामाङले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा वार्षिक खेलकुद कार्यक्रम २०८२ का विजेताहरुलाई पुरस्कार, विभिन्न विधामा १५ जना अभिभावकलाई सम्मान, गीत, नृत्य, रायम्स, नाटक मञ्चन, फेसन सो, कराते प्रदर्शन आदि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्याब्सन झापाका सदस्यद्वय कुमार राया र सुमन शर्मा जम्मरकट्टेल, प्याब्सन अर्जुनधाराका प्रमुख सल्लाहकार रुद्र सिटौला, सल्लाहकार राजेशकुमार आचार्य, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष देवीमाया श्रेष्ठ, विद्यालयकी संस्थापक शान्ता बुढाथोकी, अभिभावक समितिका सदस्यद्वय कञ्चन पोर्तेल र जीतबहादुर कुमाललगायतको आतिथ्यता रहेको थियो ।
अर्का शिक्षक सपना शेर्पाले स्वागत मन्तव्य प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक दीपेशकुमार पनेरुले गरेका थिए ।