झापा । पूर्वी नाका मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा आठ अर्ब ६१ करोड २० लाख सात हजारबराबरको अलैँची निर्यात भएको छ ।
चालु आवको दश महिनाको अवधिमा चार हजार १५३ दशमलव १५ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आवको सोही अवधिमा पाँच अर्ब ३८ करोड ८० लाख २० हजार बराबरको अलैँची निर्यात भएको थियो ।
कार्यालयको तथ्याङ्क अनुसार चालु आवको दश महिनामा चियाको निर्यात भने घटेको छ । उक्त अवधिमा दुई अर्ब ३२ करोड १२ लाख ५६ हजार मूल्यबराबरको चिया निर्यात भएको छ । गत आवको सोही अवधिमा तीन अर्ब १६ करोड ६२ लाख १३ हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।