झापा । सशस्त्र प्रहरीले झापाको बर्ने डाँडाबाट स्कोरपियोमा लोड गरी ल्याउँदै गरेको अवैध मदिरासहित दुई जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको टिमाई बेस क्याम्पबाट खटिएको टोलीले बुद्धशान्ति गाउँपालिका ७ स्थित बर्ने डाँडामा लाखौँ मूल्यको भारतबाट ल्याइएको विभिन्न ब्राण्डका ३६ कार्टुन मदिरा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वाटर झापाका सूचना अधिकारी, सप्रनाउ रोहितबहादुर घिमिरेका अनुसार शनिबार बिहान ९ः३० बजे बा. १५ च १२९८ नम्बरको स्कारपिओ चेकजाँच गर्ने क्रममा ईलामबाट झापातर्फ ल्याउँदै गरेको १ लाख ७८ हजार ९५५ मूल्यबराबरको अवैध भारतीय मदिरा बरामद गरेको हो ।
सूचना अधिकारी घिमिरेका अनुसार मदिरा बरामद भएपछि सवारी चालक भोजपुर टेम्केमैयुङ गाउँपालिका २, का ५२ वर्षीय गणेशकुमार राई र सामान धनी पाँचथर हिलिहाङ २ का ४० वर्षीय शंकरप्रसाद प्रसाईलाई नियन्त्रणमा लिइएको छ ।
बरामद मदिरा तथा सवारीसाधनसहित मूल्य २९ लाख ७८ हजार ९५५ कायम गरी दुवै व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको सूचना अधिकारी घिमिरेले जानकारी दिएका छन्।