राजनीति

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

By admin

March 13, 2026

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि पितृशोक परेको छ। केही समयदेखि अस्वस्थ रहेका उनी उपचारका क्रममा अस्पतालमा थिए।

 

उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको ओलीको सचिवालयले जनाएको छ।

 

उनको पार्थिव शरीर भक्तपुरस्थित ओली निवास गुण्डुमा लगिनेछ र त्यसपछि आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ। दिवंगत ओलीका दुई छोरा र तीन छोरी रहेका छन्।