अर्थ बजार

तीन करोड ठगी गरेकाे आरोपमा बिर्तामोडका कृष्ण अग्रवाल पक्राउ

By admin

March 15, 2026

झापा । विदेश पठाइदिने बहानामा ७० जनाबाट ३ करोड रकम ठगी गर्ने बिर्तामोडका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड ५ का २५ वर्षीय कृष्ण अग्रवाल रहेका छन् ।

 

अग्रवालले ठगी गरेको भन्दै २५-३० जना पीडितहरुले उनलाई समातेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएका थिए । त्यस विषयमा अनुसन्धान तथा छानबिन भइरहेको प्रहरीले जनाएको छ ।