झापा । काँकडभिट्टा नाकाबाट दुई दिनमा ठूलो परिमाणमा इन्धन र ग्यास भित्रिएको छ । मेची भन्सार कार्यालयका अनुसार सोही अवधिमा ठूलो मात्रामा हवाई इन्धन र मट्टीतेलसमेत आयात गरिएको छ ।
भन्सार कार्यालयका अनुसार दुई दिनमा १ हजार १ सय ९१ किलो लिटर पेट्रोल र ८ सय २१ किलो लिटर डिजेल भित्रिएको हो । त्यसैगरी १ लाख ४१ हजार किलो एलपीजी ग्यास पनि भित्रिएको कार्यालयले जनाएको छ ।
भारतबाट आयात गरिने पेट्रोलियम पदार्थ काँकडभिट्टा नाका हुँदै भित्रिने क्रम नियमित रूपमा जारी रहेको मेची भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले जनाएका छन् ।