बिर्तामोड । झापाको भद्रपुरमा लागुऔषध ब्राउन सुगरसहित बिर्तामोडका तीन जना पक्राउ परेका छन् । उनीहरुलाई बिहीबार भद्रपुर ४ स्थित डाँगीबारीमा वडा प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका ७ बिर्ता बजारका अन्दाजी २८ वर्षीय अजय ऋदेब, बिर्तामोड ३ सैनिकमोडका अन्दाजी २७ वर्षीय रस्को मुर्मु र सोही वडा निवासी हर्कलाल मार्गका अन्दाजी ३२ वर्षीय सरोज कार्की रहेका छन्।
प्रहरीका अनुसार शरीर खानतलासी गर्दा उनीहरूको साथबाट ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लास्टिकसहित तौल गर्दा ३ ग्राम १० मिलिग्राम बरामद भएको थियो।