शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले आफ्ना कर्मचारीलाई दिँदै आएको इन्धन सुविधामा ५० प्रतिशतले कटौती गरेको छ ।
अन्तर्राष्ट्रियस्तरमै देखा परेको पेट्रोलियम पदार्थको संकटले मुलुकमै पनि इन्धन अभावले जनजीवनमा असर परेको भन्दै नगरपालिकाले कर्मचारीलाई दिँदै आएको मासिक इन्धन सुविधामा कटौती गरेको जनाएको हो ।
नगरका प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेको अध्यक्षतामा बसेको बैठकको निर्णयबाट वैशाख ७ गतेदेखि इन्धन कटौती कार्यान्वयन भएको हो । नगरपालिकाका विभिन्न तहका कर्मचारीले ४० वटा दुई पाङ्ग्रे सवारी प्रयोग गर्दै आएका छन् ।