समाज

बुधबारेबाट ब्राउन सुगरसहित हरि ढकाल पक्राउ

By admin

May 02, 2026

झापा । मलद्वारमा लागूऔषध लुकाएर ल्याउने एक युवक झापाको बुधबारेबाट पक्राउ परेका छन् ।

 

गएराति ८ः३० बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको गस्ती टोलीले बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ बस्ने ३८ वर्षीय हरिप्रसाद ढकाललाई पक्राउ गरेको हो ।

 

उनले मलद्वारमा प्लाष्टिकमा पोको पारी बोकेको अवस्थामा प्लाष्टिकसहित ३ ग्राम २२० मिलिग्राम र प्लाष्टिकबाहेक २ ग्राम ७२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

उनले बुद्धशान्ति ३ स्थित बुधबारे बजारमा मे. २ प २८३६ नम्बरको होण्डा साइन मोटरसाइकलमा लागूऔषध बिक्री गर्दै हिँडिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।