समाज

खोटाङको बारापोखरीमा भिरबाट लडेर दुई जनाको मृत्यु

By admin

May 03, 2026

खोटाङ । भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ । बारापोखरी गाउँपालिका ५ पौवासेराका ५२ वर्षीय बमबहादुर राई र ४० वर्षीय मनकुमार राईको शनिबार दिउँसो २ बजेतिर ढकाले खोलाको भिरबाट खसेर मृत्यु भएको हो ।

 

वडाध्यक्ष फौदराज राईका अनुसार दिउँसो घाँस दाउरामा गएको बेला खुकुरी भिरबाट खसेको र त्यसलाई खोज्ने क्रममा चिप्लिएर करिब ३ सय मिटर तल झरेका हुन् । सुरुमा बमबहादुर राई लडेको र उसले समात्ने क्रममा मनकुमार राईलाई समेत तानेर झारेको हुन सक्ने राईले सुनाए ।