समाज

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, कहाँ-कहाँ पर्छ पानी ?

By admin

May 05, 2026

काठमाडौं । केही दिनदेखि बदली भएको मौसम अझै केही दिन जारी रहनेछ । जसका कारण देशका सबै प्रदेशका विभिन्न ठाउँमा हावाहुरीका साथै वर्षासमेत भइरहेको छ ।

 

मंगलबार आज पनि देशका केही ठाउँमा हावाहुरी र वर्षाको सम्भावना कायमै छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महााशखाले जनाएको छ ।

 

अन्य प्रदेशका थोरै स्थानमा वर्षा हुने सम्भावना छ । राति यी प्रदेशमा बदली रहने र केही स्थानमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ ।

 

बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागमा बदली रहनेछ । ती क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ भने तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने जनाइएको छ ।

 

विभागले हुरीबतास, चट्याङ र सम्भावित भारी वर्षाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।