समाज

बोरामा बाँधेर रतुवा खोलामा फालिएको एक महिलाको शव फेला

By admin

May 30, 2026

बिर्तामोड । झापाको दमकमा बोरामा बाँधेर रतुवा खोलामा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका १० स्थित सेतुमारी पुलमुनि एक महिलाको शव फेला परेको हो ।

 

बोरामा बाँधेर रतुवा खोलामा फालिएको अवस्थामा आज बिहान साढे १० बजे शव फेला परेको प्रहरीले जनाएको छ । महिलाको कपाल र हात बाहिर निक्लेको र शरीर बोराभित्र रहेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

 

‘शव गन्हाएको अवस्था भेटिएको हो, अन्दाजी २०-२२ वर्षकी जस्तो देखिने महिलाको पहिचान खुलेको छैन,’ डीएसपी खड्काले भने, ‘घटनाको अनुसन्धानका लागि जिल्लाबाटै एउटा टिम घटनास्थल पठाएका छौँ ।’ अनुसन्धानपछि मात्र हत्या हो,’ होइन भन्न मिल्छ, उनले थपे ।