समाज

आज मधेश र कोशी प्रदेशलगायतका तराई क्षेत्रमा तातो दिन हुने

By admin

June 02, 2026

काठमाडौँ । पानी पर्नेक्रम घट्न थालेसँगै बिस्तारै तातो बढ्ने क्रम शुरु भएको छ । वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने भएको हो ।

 

हिजोदेखि पानी पर्न केही कम भएसँगै मधेश प्रदेश र कोशी प्रदेशलगायतका तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

भोलिदेखि मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा पनि तातो दिन हुने सम्भावना रहेको छ । विभागको तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीसम्म पुगेको छ । मौसम विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार अबका केही दिन तराईमा तातो दिन हुने सम्भावना रहेको छ ।

 

देशको हिमाली र पहाडी भूभागका थोरै ठाउँमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ ।