समाज

६९ ग्राम ब्राउन सुगरसहित कचनकवलबाट भारतीय कारोबारी पक्राउ

By admin

June 02, 2026

बिर्तामोड । झापा प्रहरीले भारतबाट प्रतिबन्धित ब्राउनसुगर बोकेर बिक्रीका लागि नेपाल ल्याउँदै गरेका एकजना भारतीय कारोबारीलाई सोमबार साँझ कचनकवलबाट पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार साँझ ५ बजे कचनकवल ६ स्थित बनियानीमा भारत किसनगंज जिल्ला दलेगाँउ पञ्चातय १ बस्ने २० वर्षीय युबेद राजा ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्यूरोको कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सुराकीको आधारमा शंका लागी निजलाई चेकजाँच गर्दा निजको साथबाट ब्राउनसुगर फेला परेको थियो ।

 

निजलाई भारतीय नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिप्रका झापामा राखिएको प्रहरीले जनाएको छ ।