झापा । नेपाल प्रवेश गरिरहेको अवस्थामा एकजना बंगलादेशी नागरिक पूर्वी सीमामा पक्राउ परेका छन् ।
शनिबार दिउँसो १२ः४५ बजे मेचीनगर ६ गैरीगाउँमा भारत पानीट्यांकीबाट मेची खोलाको बाटोहुँदै नेपालतर्फ अनाधिकृत रुपमा प्रवेश गर्दै गरेको अवस्थामा बंगलादेशी नागरिक पक्राउ परेका हुन् ।
बंगलादेशको राहदानी बोकेका तुलाटोली कचुआ मनोहरपुर ३६३० चाँदपुर बस्ने ३३ वर्षीय मोहम्मद सैफुल इस्लामलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
ती बंगलादेशी नागरिकलाई आवश्यक कारबाहीको लागि बसमार्फत अध्यागमन विभाग काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।