खुदुनाबारी । लगातारको वर्षापछि अर्जुनधारा नगरपालिका १ स्थित बिरिङ खोलाले सानेसी पैनीको मुहान क्षेत्रमा क्षति पुर्याएको छ।
क्षतिबारे जानकारी पाएपछि नगर प्रमुख बलदेवसिंह गोम्देनले स्थलगत अनुगमन गरेका छन् । अनुगमनपछि मुहान संरक्षणका लागि आवश्यक तारजाली तथा अन्य सामग्रीको तत्काल व्यवस्था मिलाइएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।
नगर प्रमुखको सचिवालयका अनुसार मुहान संरक्षण तथा मर्मतको काम आजैदेखि सुरु गरिएको छ। संरक्षण कार्य तत्काल सुरु हुने भएपछि स्थानीयवासी हर्षित भएका छन्।
स्थानीयले वर्षायाममा बिरिङ खोलाको बहावका कारण मुहान क्षेत्रमा पटक–पटक क्षति पुग्ने गरेको बताउँदै दीर्घकालीन संरक्षणको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।