अर्थ बजार

शनिश्चरे बजारमा खुल्यो सटिङ सुटिङको सेवा

By admin

June 28, 2026

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका ८ स्थित शनिश्चरे बजारमा पहिलोपटक सटिङ सुटिङ व्यवसाय खुलेको छ । युवा व्यवसायी भुपाल परियारले शनिबारदेखि न्यू डिजाइन टेलरिङ सेन्टर सञ्चालन गरेका हुन् ।

 

स्थानीय शनिश्चरे माविको दुई वटा व्यावसायिक सटरमा सञ्चालनमा ल्याइएको उक्त सेन्टर सस्तो मूल्यमा गुणस्तरीय कपडा तथा उत्कृष्ट सिलाइ सेवामार्फत् ग्राहकहरुलाई आकर्षक, सहज र सन्तोषजनक सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको सञ्चालक परियारले बताए ।

 

प्रारम्भिक लगानी अनुमानित पाँच लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको उक्त सेन्टरको अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए । सेन्टरमा स्पेशलिष्ट सटिङ सुटिङ, विद्यालय तथा कलेजका पोशाक, सरकारी कार्यालयका पोशाक, दौरा सुरुवाल, पाल्पाली ढाका टोपी, चौबन्दीलगायतका सामग्रीहरु तयारी गरिने बताइएको छ ।

 

त्यसैगरी रोजगारी सिर्जना र सीपमूलक व्यवसायलाई प्रोत्साहन गर्दै सेन्टरमा हाल दुई जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको सञ्चालक परियारले जानकारी दिए । ग्राहकको चाहनाअनुसार पोशाक सिलाइ तथा तयारीका लागि अर्डर बढेको खण्डमा थप रोजगारी सिर्जना हुने उनको दाबी छ ।

 

सर्टिङ सुटिङ उद्घाटनको अवसरमा ग्राहकहरुलाई एक हप्तासम्म तयारी गरिने विभिन्न पोशाकहरुमा १० प्रतिशत विशेष छुट प्रदान गरिने बताइएको छ । त्यस्तै सेन्टरले आगामी दिनमा विभिन्न जातजातिका जातीय पोशाकहरु पनि भाडामा उपलब्ध गराउने लक्ष्य लिएको छ ।