अन्तराष्ट्रिय

कुवेतको ड्रोन आक्रमणमा तेह्रथुमका सोमकुमार तामाङको मृत्यु

By admin

July 31, 2026

झापा (एजेन्सी) । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको छ । उनी आठराई गाउँपालिका ५ चुहानडाँडाको हात्तीखर्क निवासी हुन् ।

 

कुवेतस्थित नेपाली दूतावासका अनुसार तामाङ त्यहाँ सवारी चालकका रूपमा कार्यरत थिए । दूतावासले हिजो भएको उक्त घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको जनाउँदै तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

 

दूतावासले तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल फिर्ता पठाउनेलगायत आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायहरूसँग समन्वय गरी पूरा गर्ने जनाएको छ ।