समाज

पाँचथरमा बुबामाथि खुकुरी प्रहार गर्ने छोरा पक्राउ

By admin

October 24, 2026

फिदिम । पाँचथरमा बुबामाथि खुकुरी प्रहार गर्ने छोरा पक्राउ परेका छन् । पाँचथर प्रहरीले फाल्गुनन्द गाउँपालिका ६ छयागुका ४५ वर्षीय लोकबहादुर मोक्तानलाई पक्राउ गरेको हो ।

 

लोकबहादुरले शुक्रबार साँझ ७६ वर्षीय मनबहादुर मोक्तानमाथि खुकुरी प्रहार गरी घाइते बनाएका थिए । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका लोकबहादुरले सामान्य विवादमा बुबामाथि खुकुरी प्रहार गरेका थिए । टाउकोमा गहिरो चोट लागेका मनबहादुरको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम छ ।

 

लोकबहादुरलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।