शनिश्चरे । साइप्रसमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरुलाई लक्षित गरेर झापाको अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा रहेको फरवार्ड एजुकेशन फाउण्डेसन झापा प्रालिले आइतबार मिट एण्ड ग्रीट कार्यक्रम सम्पन्न गरेको छ ।
प्रालिका सञ्चालक इन्द्रप्रसाद गिरीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि साइप्रसस्थित नेपोलिस युनिभर्सिटी पाफोसका कन्ट्री म्यानेजर सुमन अधिकारीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई साइप्रसको शिक्षा प्रणाली, विश्वविद्यालय, भर्ना प्रक्रिया तथा अध्धयनपछिका अवसरहरुबारे विस्तृत जानकारी, विभिन्न विश्वविद्यालय तथा कोर्ससम्बन्धी जानकारी, भर्ना तथा भिसा प्रक्रियासम्बन्धी परामर्श, ट्युसन फी, स्कोलरसीप तथा लिभिङ एक्सपानसेस, अध्धयनसँग सम्बन्धित अवसर तथा नियमबारे जानकारी गराइएको थियो ।
प्रमुख अतिथि अधिकारीले सहजिकरण गरेको कार्यक्रममा ३० जना विद्यार्थीको सहभागिता रहेको थियो । सञ्चालक गिरीले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन ट्युसन विभाग प्रमुख सन्दिप न्यौपानेले गरेका थिए ।